बागमती प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त
काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
एमालेसहितको दलहरूको समर्थना दाबी पेश गरेका उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुने उनी चौंथो मुख्यमन्त्री हुन् ।
आइतबार बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा बागमतीमा एमाले र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो । जसअनुसार उनको समर्थनमा ७० जना सदस्यले हस्ताक्षर गरेका छन् ।
यसअघि उनी आन्तरिक मामिला तथा कानुन र अर्थ तथा योजनामन्त्री भएका थिए । मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा उनी धादिङ–१ अन्तर्गत क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य हुन् ।
११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका जम्कट्टेल को हुन् ?
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया