विश्वासको मतबारे निर्णय लिन कांग्रेस र समाजवादीको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन/नदिने भन्नेबारे निर्णय लिन नेपाली कांग्रेस र माधवकुमार नेतृत्वको एकीकृत समाजवादीको बैठक बस्ने भएको छ ।
लामो समय सहकार्यमा रहेर पुस १० गते एमालेलगायत दलसँगको समर्थनमा प्रधानमन्त्री बन्न पुगेका प्रचण्डले आफूलाई विश्वासको मत दिन दुवै दलसँग आग्रह गरेका छन् । यद्यपि, यी दलमा विश्वासको मत दिनुपर्ने र दिन नहुने दुवैखाले मत देखिएका छन् ।
कांग्रेसले यसबारे निर्णय लिन पहिले पदाधिकारी र त्यसपछि संसदीय दलको बैठक डाकेको छ । समाजवादीले भने सचिवालय बैठकबाट यसबारे ठोस कदम चाल्ने तयारी गरेको छ ।
एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले संविधानअनुसार आज बस्ने संसद् बैठकमा विश्वासको मत लिँदैछन् । संविधानतः धारा ७६(२) अनुसार दुई वा सोभन्दा बढी दलको समर्थनमा राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त व्यक्तिले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया