विश्वासको मतबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने–नदिनेबारे छलफल गर्न बोलाइएको कांग्रेस पदाधिकारी बैठक अहिले जारी छ ।
पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीम जारी बैठकमा अहिले नेताहरूले आफ्ना भनाइ राखिरहेका छन् । स्रोतका अनुसार, विश्वासको मतबारे नेताहरूको मिश्रित भनाइ रहेको छ । बैठकले यसबारे छलफल गरेर अन्तिम निर्णय लिनेछ ।
पदाधिकारी बैठकपछि लगत्तै यसबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक पनि बस्दैछ ।
कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, राप्रपालगायत १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका दाहालले आज संसदमा विश्वासको मत लिँदैछन् । दाहालले सबै दलसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । अन्य दलले यसबारे निर्णय लिइसके पनि कांग्रेस र एकीकृत समाजवादी अझै अनिर्णियत छन् । यद्यपि, दाहालसँगको भेटमा दुवै दलका शीर्ष नेताले विश्वासको मत दिने वचन दिएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया