प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । तर त्यसका लागि उसले सर्त राखेको छ ।
मंगलबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दाहाललाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
गत पुस १० मा एमाले, रास्वपा, राप्रपालगायतको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछनज् । संविधानतः धारा ७६(२) बमोजिम राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त व्यक्तिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया