साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

रियाद । साउदी अरबले शनिबार ८१ पुरुषलाई मृत्युदण्डको सजाय दिएको बताएको छ । यो संख्या गत वर्ष मृत्युदण्ड दिइएको जम्मा संख्याभन्दा पनि धेरै हो ।
सरकारी समाचार एजेन्सी एसपिएका अनुसार मृत्युदण्ड पाउनेमा ७ यमनी र १ सिरियाली नागरिक पनि रहेका छन् । उनीहरुलाई एकभन्दा बढी जघन्य अपराध गरेका कारण सजाय दिइएको बताएको छ ।
यीमध्ये केहीलाई इस्लामिक चरमपन्थी समूह इस्लामिक स्टेट, अल कायदा र यमनका हुती विद्रोहीको समूहसँग जोडिएको आरोप लगाइएको थियो । मानवअधिकार संगठनहरुले दोषी ठहरिएकालाई मुद्दा पुनरावलोकनका लागि समय पनि नदिइएको बताएका छन् ।
त्यहाँ सन् २०२१ मा ६७ र २०२० मा २७ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिने विश्वका शीर्ष पाँचौं देशमा साउदी अरब पर्छ । एमनेस्टी इन्टरनेसनको तथ्यांकअनुसार साउदी अरबभन्दा अगाडि चीन, इरान, इजिप्ट र इराक रहेका छन् ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया