साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड
रियाद । साउदी अरबले शनिबार ८१ पुरुषलाई मृत्युदण्डको सजाय दिएको बताएको छ । यो संख्या गत वर्ष मृत्युदण्ड दिइएको जम्मा संख्याभन्दा पनि धेरै हो ।
सरकारी समाचार एजेन्सी एसपिएका अनुसार मृत्युदण्ड पाउनेमा ७ यमनी र १ सिरियाली नागरिक पनि रहेका छन् । उनीहरुलाई एकभन्दा बढी जघन्य अपराध गरेका कारण सजाय दिइएको बताएको छ ।
यीमध्ये केहीलाई इस्लामिक चरमपन्थी समूह इस्लामिक स्टेट, अल कायदा र यमनका हुती विद्रोहीको समूहसँग जोडिएको आरोप लगाइएको थियो । मानवअधिकार संगठनहरुले दोषी ठहरिएकालाई मुद्दा पुनरावलोकनका लागि समय पनि नदिइएको बताएका छन् ।
त्यहाँ सन् २०२१ मा ६७ र २०२० मा २७ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिने विश्वका शीर्ष पाँचौं देशमा साउदी अरब पर्छ । एमनेस्टी इन्टरनेसनको तथ्यांकअनुसार साउदी अरबभन्दा अगाडि चीन, इरान, इजिप्ट र इराक रहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया