खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।
नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ ।
मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया