नागरिकतामा दोस्रो श्रीमानकाे नाम राख्ने बढ्दै
रोल्पा । रोल्पामा दोस्रो श्रीमानकाे नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् ।
पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानकाे नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् ।
जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमान्को नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।
सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो ।
जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्ने गरी आउने गरेका छन् ।
‘जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमानकाे नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्नेको सङ्ख्या पनि बढिरहेको छ’, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया