मुक्तिनाथ विकास बैंक ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ । बैंक १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै उक्त अभियान सञ्चालनमा ल्याएको हो।
अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरू छनौट गरी आवश्यकता अनुसार थोपा सिँचाइ करेसा बारीको निर्माण, तरकारीहरूको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ।
यस्तै दैनिक रूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएको छ।
यसबाट संस्थामा बस्ने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया