सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त
काठमाडौं । २९ प्रदेशसभा सदस्यको समर्थनसहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावल सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले, सात नागरिक उन्मुक्ति पार्टी र एक राप्रपा गरी २९ जना सदस्यको समर्थनसहित नियुक्त भएका हुन् ।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भागमा परेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया