आज एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल
काठमाडौं । पार्टी नेतृत्वसँगको असहमतिका कारण नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा कार्यक्रम आयोजना गरिएको छ । भुसालले त्यही कार्यक्रमबाट एकीकृत समाजवादी प्रवेशको घोषणा गर्नेछन् ।
उनलाई दिने जिम्मेवारीबारे भने टुंगो लागिनसकेको बताइएको छ । सम्भवतः उनले उपाध्यक्ष वा महासचिवमध्ये कुनै एक जिम्मेवारी पाउनेछन् ।
बौद्धिक र सैद्धान्तिक नेताको छवि बनाएका भुसाल एमाले एकीकृत छँदा माधवकुमार नेपाल समूहमा थिए । तर पार्टी विभाजनका बेला उनी माधवतिर नलागेर एमालेमै बसेका थिए । तर माधवबिनाको एमालेमा उनको बसाइँ सुखद रहेन । उनी लगातार ओलीको खेदाइमा परिरहे । अध्यक्ष ओलीसँगको असहमतिका कारण गत २३ असोजमा पार्टी परित्याग गरेर भुसालले मंसिर ४ को निर्वाचनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, समाजवादीलगायत तत्कालीन सत्तागठबन्धनले सघाए पनि एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया