आज एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौं । पार्टी नेतृत्वसँगको असहमतिका कारण नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा कार्यक्रम आयोजना गरिएको छ । भुसालले त्यही कार्यक्रमबाट एकीकृत समाजवादी प्रवेशको घोषणा गर्नेछन् ।
उनलाई दिने जिम्मेवारीबारे भने टुंगो लागिनसकेको बताइएको छ । सम्भवतः उनले उपाध्यक्ष वा महासचिवमध्ये कुनै एक जिम्मेवारी पाउनेछन् ।
बौद्धिक र सैद्धान्तिक नेताको छवि बनाएका भुसाल एमाले एकीकृत छँदा माधवकुमार नेपाल समूहमा थिए । तर पार्टी विभाजनका बेला उनी माधवतिर नलागेर एमालेमै बसेका थिए । तर माधवबिनाको एमालेमा उनको बसाइँ सुखद रहेन । उनी लगातार ओलीको खेदाइमा परिरहे । अध्यक्ष ओलीसँगको असहमतिका कारण गत २३ असोजमा पार्टी परित्याग गरेर भुसालले मंसिर ४ को निर्वाचनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, समाजवादीलगायत तत्कालीन सत्तागठबन्धनले सघाए पनि एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया