सुनको मूल्य एक लाख ४ हजार नजिक

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा ५ सय रूपैयाँले उकालो लागेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावल सुन एक लाख तीन हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार एक लाख २९ सय रूपैयाँ कायम भएको तेजावी सुनको मूल्य शुक्रबार एक लाख ३४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँ बढेर एक हजार तीन सय ६५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया