सरकारी ऐनअनुसार देशभर एउटा मात्र क्रसर दर्ता

काठमाडौं । देशभर सञ्चालनमा रहेका सयौं क्रसर उद्योगमध्ये कतिले प्रचलित ऐन पछ्याएका होलान् ? सुन्दा अनौठो लाग्न सक्छ, तर देशभर सञ्चालित यतिका क्रसर उद्योगमध्ये एउटा मात्र कानूनअनुसार दर्ता गरेर सञ्चालित छ भने बाँकी सबै अवैध छन् ।
क्रसर सञ्चालन गर्न औद्योगिक व्यवसाय ऐन, २०७६ को प्रबन्ध गरिएको छ । जसअनुसार, मोरङको इस्टर्न एग्रिगेट प्रालिले मात्रै ०७६ मा जारी औद्योगिक व्यवसाय ऐनलाई पालना गरेको पाइएको छ ।
ऐनले ढुंगा, गिटी, बालुवा उत्खनन, प्रशोधन गर्ने उद्योगसमेतलाई समेटेर क्रसरलाई पनि अनुमति लिनुपर्ने उद्योगअन्तर्गत सूचीकृत गरेको छ । करिब ५० क्रसरले दर्ताका लागि अनुमति पाएका छन् । अनुमतिपछि पनि दर्ताका लागि वातावरणीय प्रभाव मूल्यांकनलगायतका लामो प्रक्रिया बाँकी हुन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया