प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
भेटमा दुई देशबीचको सम्बन्ध विस्तार, नेपालको स्थायित्व, विकास र समृद्धिको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साथै राजदुत सोङले तेस्रोपटक प्रधानमन्त्री भएकोमा चिनियाँ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रचण्ड बधाई सन्देश हस्तान्तरण गरेका थिए ।
चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि प्रधानमन्त्रीले धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । राजदुत सोङ गत हप्तामात्र नेपाला आएका हुन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया