बागमती प्रदेशसभाबाट दुई विधेयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा दुई वटा विधेयक पारित गरिएको छ । बैठकमा प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको थियो ।
सोही बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकासमन्त्री कुमारी मोक्तानका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेका थिए ।
सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन तथा संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए । पारित भएको दुवै विधेयक ऐन बन्ने छन् ।
बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ संशोधनका लागि प्रस्ताव पेश गरेका थिए । उनले संशोधनका लागि पेश गरेको विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।
मन्त्री खनालले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गरे । उनले पेश गरेको सो विधेयक माथि सदनमा छलफल हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया