आमा बनेकी खुशीयालीमा बहिनीलाई भेट्न नेपाल आएका भाइ, जो देश फर्किन पाएनन्
काठमाडाैं । आइतबार पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भयो । विमानमा सवार ७२ जनाले ज्यान गुमाएका छन् । विमानमा सवार पाँच भारतीय नागरिकले पनि ज्यान गुमाएका छन् ।
ज्यान गुमाउने पाँच भारतीय नागरिकमध्ये एक जना विहारको वैरगानियाका सञ्जय जैसवाल हुन् । उनी नेपालमा विहे भएकी बहिनीले छोरी जन्मिएको खुशीयालीमा भेटघाटका लागि विहारको सीतामढबाट नेपाल आएका थिए । त्यसैमा आइतबार उनी यतीको विमानबाट पोखरा गएका थिए । त्यसैमा उनको ज्यान गयो ।
उनको मृत्युको खबरले घर पूरै शोकमा डुबेको छ । उनका बुवा र आमा छोराको मृत्युको वियोगमा डुबेका छन् । उनी बहिनीलाई भेट्न काठमाडाैंबाट पोखरा जाँदै थिए । उनकी बहिनी पोखरमा बस्छिन् । उनले भर्खरै मात्रै छोरीलाइ जन्म दिएकी थिइन् । जसको कारण दुबै परिवारका सदस्यहरू निकै खुशी थिए । यसै खुशीयालीमा सञ्जय दिदीको घरमा आएका थिए ।
दिदीलाई भेट्न आएका भाइ जसले न दिदीसँग भेट्न पाए नत देश नै फर्केर जान पाए । उनी नेपालको आकाशमै अस्ताए । – एजेन्सी
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया