भारतबाट बढेर आयो पेट्रोलको मूल्य
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । आइतबार प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढाएर पठाएको छ ।
निगमका अनुसार आईओसीले डिजेलको मूल्य भने घटाएर पठाएको छ । नयाँ मूल्यसूचीअनुसार भारतले डिजेल प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटाएर पठाएको हो ।
यसभन्दा अघि निगमले पेट्रोलको मूल्य ३ रूपैयाँ घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७५ रूपैयाँ र डिजेल १७२ रूपैयाँ छ ।
आईओसीले नयाँ मूल्य घटाएर पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया