सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय
काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार सामान्य घटेको छ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख पाँच हजार एक सय रूपैयाँ पुगेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार ६ सय छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले घटेर एक हजार तीन सय ९० रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया