मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिदै
मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया