आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना
काठमाडाैं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू-भागमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
काठमाडौ उपत्यकाको आजको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस चार दशमलव तीन डिग्री सेल्सियस तथा सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २१ दशमलव छ डिग्री सेल्सियस छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया