पोखरा विमान दुर्घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको सरकारलाई रूलिङ
काठमाडाैं । सभामुखको भूमिकामा रहेका जेष्ठसदस्य पशुपति शमशेर राणाले माग १ गते पोखरामा भएको विमान दुर्घटनाको वास्तविकताबारे र सरकारकाे तर्फबाट भइरहेका पछिल्लो अवस्थाबारे जानकारी गराउन सरकालाई रूलिङ गरेका छन् ।
विहीबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विपक्षी सांसदहरूले विमान दुर्घटनाको सत्यतथ्यबारे जानकारी माग गरेपछि सभामुखले सो रूलिङ गरेका हुन् ।
सभामूखको रूलिङपछि सरकारको तर्फबाट नागरिक उड्ययन तथा पर्यटनमन्त्री सुदन किराँतीले सरकारबाट भइरहेको कामको विवरण प्रस्तुत गरेका छन् ।
सदनलाई जानकारी गराउँदै मन्त्री किराँतीले मृत्यु भएकाहरूमध्ये शव पहिचान नभएकाहरूकाे काठमाडाैंको शिक्षणअस्पललमा पोष्टमार्टमको काम भइरहेको, घटनाको छानविन गर्न पाँच सदस्य उच्चस्तरीय समिति गठन गरिएको र अन्तिरिक हवाइ उडानलाई प्रभाकारी बनाउन प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया