राष्ट्रपति सीको प्रतिवेदन विदेशी भाषामा
काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी भाषामा प्रकाशन भएको छन् ।
विदेशी भाषा प्रेसले अङ्ग्रेजी, फ्रान्सेली, रुसी, अरबी, स्पेनिश, पोर्तुगाली, जर्मन, जापानी, भियतनामी र लाओ भाषामा प्रकाशन गरिएको बिहीबार जनाएको हो । स्वदेश तथा विदेशका पाठकहरूको सुविधाका लागि चिनियाँ र अङ्ग्रेजीका पाठ समावेश गरी पुस्तकाकारमा द्विभाषी संस्करण पनि जारी गरिएको छ ।
चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर देश निर्माणको महान् कार्यमा एकताबद्ध भएर लाग्न महासचिव सीले दिनुभएको निर्देशनलगायत विषय पुस्तमा समावेश गरिएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया