मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।
गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री दाहालले भेट गरेका हुन् । पीडित किसानसँगको भेटमा प्रधानमन्त्रीले यस समस्यालाई आफूले समाधान गर्ने विश्वास दिलाएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ । मिटरब्याजी समस्याले हजारौँ किसान पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’
प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया