आइतबार सार्वजनिक विदा
काठमाडाैं । सरकारले माघ ८ गते (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
सार्वजनिक विदा भएसँगै सार्वजनिक संघसंस्था, शैक्षिक संघसंस्था, बैंक, बीमा, कम्पनीलगातका क्षेत्र बन्द रहनेछन् ।
सोनाम ल्होसार विशेषगरी तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।
ल्होसार मनाउने समुदायले ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
यो वर्ष तामाङ समुदायले बिरालो वर्षको रूपमा मनाउँदैछन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया