आइतबार सार्वजनिक विदा

काठमाडाैं । सरकारले माघ ८ गते (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
सार्वजनिक विदा भएसँगै सार्वजनिक संघसंस्था, शैक्षिक संघसंस्था, बैंक, बीमा, कम्पनीलगातका क्षेत्र बन्द रहनेछन् ।
सोनाम ल्होसार विशेषगरी तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।
ल्होसार मनाउने समुदायले ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
यो वर्ष तामाङ समुदायले बिरालो वर्षको रूपमा मनाउँदैछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया