दादुराको प्रकोपविरुद्ध खोपका लागि राष्ट्रसंघको सहयोग
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकामा दादुराकाविरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले सो कुराको जानकारी दिएका हुन्।
उनले दक्षिण अफ्रिकामा पछिल्लो समयमा दादुराको प्रकोप बढेपछि त्यसबाट बचाउन यहाँको सरकारले सबैलाई खोप लगाउने अभियानको सुरुआत गरेको थियो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घको एक विशेष समूहले दक्षिण अफ्रिकामा नै रहेर सहयोग गरिरहेको जानकारी दिइएको समाचारमा जनाइएको छ । दक्षिण अफ्रिकाका नौ प्रान्तमध्ये पाँच ओटा प्रान्तमा नै यसको प्रकोप बढेको थियो ।
त्यसको नियन्त्रणका लागि खोप दिन थालिएको र त्यसमा संयुक्त राष्ट्रसङ्घको सहयोग रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् । उनले भनेका छन, ‘हाम्रो समूहले ती स्थानमा रहेर काम गरिरहेको छ ।’
विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरुको समूह पनि रहेको र उनीहरुलाई आवश्यक प्राविधि लगायतको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय टिमले सघाएको उनले जानकारी दिए। यहाँ गत हप्तामात्र तीन सय ९७ जनामा यो दादुराको सङ्क्रमण देखिएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया