अन्तर्राष्ट्रिय महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट
काठमाडाैं । छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठकले महोत्सवमा ५५ देशबाट आएका करिब पाँचसय चलचित्रमध्ये उत्कृष्टलाई छनोट गरिएको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रको सात विधामा १४ पुरस्कार वितरण गरिनेछ ।
यसपटक निफका प्रतिस्पर्धी चलचित्र छायाँ सेन्टर, सिभिल मल, लविम मललगायत सिनेमा हलमा प्रदर्शन गरिनेछ । यस क्षेत्रका अनुभवी चलचित्रकर्मी र कलाकारको सहभागितामा विविध कार्यशाला, अन्तक्र्रियासमेत महोत्सवमा सञ्चालन गरिनेछ ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न अवसर मिल्ने बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया