अन्तर्राष्ट्रिय महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट
काठमाडाैं । छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठकले महोत्सवमा ५५ देशबाट आएका करिब पाँचसय चलचित्रमध्ये उत्कृष्टलाई छनोट गरिएको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रको सात विधामा १४ पुरस्कार वितरण गरिनेछ ।
यसपटक निफका प्रतिस्पर्धी चलचित्र छायाँ सेन्टर, सिभिल मल, लविम मललगायत सिनेमा हलमा प्रदर्शन गरिनेछ । यस क्षेत्रका अनुभवी चलचित्रकर्मी र कलाकारको सहभागितामा विविध कार्यशाला, अन्तक्र्रियासमेत महोत्सवमा सञ्चालन गरिनेछ ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न अवसर मिल्ने बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया