सोमालियामा सुरक्षा कारबाहीमा अल सबाबका तीन सयभन्दा बढी लडाकु मारिए
मोगादिसु । सोमालियामा यहाँको सेनाले यहाँका विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाकु मारिएका छन् ।
सैन्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती सेना मारिएका हुन् । मारिनेमा दुई जना अल सबाब सशस्त्र समूहका दुई जना कमाण्डर पनि रहेका छन् ।
देशव्यापी रुपमा गरिएको कारबाहीमा उनीहरु मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् । बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन् ।
उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका तीन सय २३ जना लडाकाहरुको ज्यान गएको र अरु कैयौँ घाइते भएका जानकारी दिए । उनले यहाँको सेनाले अल सबाबका लडाकाहरुका विरुद्धमा विशेष प्रतिरक्षात्मक कारबाही सुरु गरेको र यो कारबाही अझै केही दिन रहने पनि बताएका थिए ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया