इराकमा चौध जनालाई मृत्युदण्ड
एजेन्सी । इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ ।
ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजायँ बिहीबार सुनाएको हो ।
सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए ।
यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको हो । इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।
उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियाे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया