दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउँदै भारत
नयाँदिल्ली । आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ ।
मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ । उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका आठ वटा चितुवा छन् ।
भारत सरकारको चितुवा पुनः स्थापना गर्ने परियोजना कार्यान्वयन गर्न आगामी आठदेखि १० वर्षमा एक सय वटा चितुवा भारत ल्याउने सहमति दक्षिण अफ्रिकासँग भएको छ ।
दक्षिण अफ्रिकाको वातावरण मन्त्रालयका अनुसार चितुवा पुनःस्थापना भारत सरकारको प्राथमिकतामा परेको तथा स्थानीय समुदायको जीवन यापनमा राष्ट्रिय निकुञ्जमार्फत योगदान हुने भारतको अपेक्षा छ । सहमतिअनुसार दक्षिण अफ्रिकाले आगामी आठदेखि १० वर्षसम्म वर्सेनि १२ वटा चितुवा भारत पठाउने छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया