पूर्वी जेरुसेलमको प्रार्थनास्थलमा आक्रमण, सात जना मारिए
काठमाडौं (एजेन्सी) । पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेला श्रद्धालुमाथि बन्दुकधारी एक जना प्यालेष्टिनीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् ।
नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ । उसले यो आक्रमणलाई आतङ्कवादी हमला भनेको छ ।
इजरायलका प्रहरी आयुक्त कोबी शाब्ताईले उक्त आक्रमण हालैका वर्षमा भएका हमलामध्ये सबैभन्दा भीषण भएको बताएका छन् । हमलामा एक जना ७० वर्षीया महिलाको पनि ज्यान गएको छ । इजरायली सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेर मारेका छन् । प्यालेष्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन । उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाइ बाँडेर खुशीयाली साटासाद्ध गरेको थियो । पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको भोली आइतबार हुने भ्रमणको पूर्वसन्ध्यामा भएको यो घातक हमलाले पश्चिम एशियाको सुरक्षामा संसय थपेको छ । अमेरिकाले आक्रमणको निन्दा गर्दै त्यसलाई सभ्य समाजविरुद्धको हमला भनेको छ । साथै उसले इजरायललाई उसको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
शुक्रबार नै राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई फोन गरेर इजरायलका पक्षमा अमेरिका रहेको बताउँदै आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया