बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आत्महत्या
काठमाडौं । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो ।
एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताए ।
त्यसैगरी एक सय ६ जना कलेजका विद्यार्थी र ५४ जना इस्लामिक विद्यालयका छात्रछात्राले आत्महत्या गरेका थिए । विभिन्न विश्वविद्यालयका ८६ जनाले पनि गत वर्ष आफ्नो प्राण आफैँ लिएका थिए ।
विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उनले चिन्ता व्यक्त गरे ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया