जब शाहरुख खानले भने– सलमान भाइ इज GOAT

काठमाडौं (एजेन्सी) । बलिउड सुपरस्टार शाहरुख खानले एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै सलमान खानलाई गोट भनेका छन् ।
शाहरुख खानलाई ट्याग गर्दै लिखित शेट्टीले लेखेका छन्– ‘शाहरुख सर पठानले हिट भए पनि बक्स अफिसमा सलमान खानलाई टक्कर दिन सक्ने छैनन् ।’
उनको जवाफमा शाहरुख खानले लेखेका छन्, सलमान भाइ … आजकल युवाहरू यो के भन्दैछन् गोट (ग्रेटेस्ट अफ अल टाइम) ।’
सलमान खानका एक फ्यान शाहरुखको पठान हेर्न गएका थिए । फिल्म हेरेपछि यी फ्यान सलमानको सट्टा शाहरुखको फ्यान भए ।
दाउद स्पिक नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘टाइगरको फ्यान भएर गएको थिएँ, आएँ पठानको फ्यान भएर ।
जवाफमा शाहरुखले लेखेका छन्, ‘म पनि टाइगरको फ्यान हुँ। उनीहरूसँगै मलाई पनि आफ्नो हृदयमा राख्नुहोस् ।’
शाहरुख खान चार वर्षपछि फिल्म पठानबाट पर्दामा फर्किएका छन् । फिल्ममा सलमान खानको क्यामियो पनि देखाइएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया