जब शाहरुख खानले भने– सलमान भाइ इज GOAT
काठमाडौं (एजेन्सी) । बलिउड सुपरस्टार शाहरुख खानले एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै सलमान खानलाई गोट भनेका छन् ।
शाहरुख खानलाई ट्याग गर्दै लिखित शेट्टीले लेखेका छन्– ‘शाहरुख सर पठानले हिट भए पनि बक्स अफिसमा सलमान खानलाई टक्कर दिन सक्ने छैनन् ।’
उनको जवाफमा शाहरुख खानले लेखेका छन्, सलमान भाइ … आजकल युवाहरू यो के भन्दैछन् गोट (ग्रेटेस्ट अफ अल टाइम) ।’
सलमान खानका एक फ्यान शाहरुखको पठान हेर्न गएका थिए । फिल्म हेरेपछि यी फ्यान सलमानको सट्टा शाहरुखको फ्यान भए ।
दाउद स्पिक नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘टाइगरको फ्यान भएर गएको थिएँ, आएँ पठानको फ्यान भएर ।
जवाफमा शाहरुखले लेखेका छन्, ‘म पनि टाइगरको फ्यान हुँ। उनीहरूसँगै मलाई पनि आफ्नो हृदयमा राख्नुहोस् ।’
शाहरुख खान चार वर्षपछि फिल्म पठानबाट पर्दामा फर्किएका छन् । फिल्ममा सलमान खानको क्यामियो पनि देखाइएको छ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया