इरानको युरेनियम प्रशोधन केन्द्रनजिकै विष्फोट

काठमाडौं (एजेन्सी) । मध्य इरानको इस्फाहान सहरमा रहेको सेनाको बेसमा ठूलो विष्फोट भएको खबर छ ।
इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबी र इआरएनएले आइतबार रक्षा मन्त्रालयको हतियार निर्माण केन्द्रमा विष्फोट भएको जनाएका छन् ।
तर, केही समयपछि रक्षा मन्त्रालयले ‘माइक्रो ड्रोन’ (सानो मानवरहित ड्रोन) मार्फत विस्फोट गराएको र ‘असफल हमला’ भएको बताएको छ ।
विस्फोटमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
विस्फोटको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । यसमा व्यस्त सडकको छेउमा बनाइएको लुकाउने ठाउँमा अचानक ठूलो आवाजको साथ आगोको गोला र धुवाँको मुस्लो उठेको देखिन्छ।
इस्फाहान सहर इरानको आणविक कार्यक्रमसँग सम्बन्धित छ र यसमा युरेनियम प्रशोधन केन्द्रहरू छन्।
मन्त्रालयले यस हमलाबाट देशको आधारशिलालाई नोक्सान नपुर्याएको र देशको प्रगतिमा पनि बाधा पुग्न नसक्ने बताएको छ ।
रोयटर्सका अनुसार पछिल्ला केही वर्षहरूमा इरानी सैन्य आधारहरू, आणविक र कारखानाहरू वरपर धेरै विस्फोट र आगलागीका घटनाहरू भएका छन्।
सन् २०२१ मा इरानको नातान्ज न्यूक्लियर एनरिचमेन्ट सेन्टरमा पावर आउटेज भएको थियो, जसका कारण त्यहाँ उत्पादन रोकिएको थियो। इरानले यसका लागि इजरायललाई जिम्मेवार ठहराउँदै प्रोक्सी युद्धको आरोप लगाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया