आफ्नै विहेमा पुग्न सकिनन् दुलही, भयो लाखौँको नोक्सान
एजेन्सी । आफ्नो विहे समारोहमा जानको लागि एयरपोर्ट पुगेकी एक महिलाले त्यहाँ पुगेपछि मात्रै फ्लाइट क्यान्सिल भएको थाहा पाइन् । उक्त महिलाले विवाह समारोहमा पुग्नको लागि हर प्रयास गरिन् तर उनको हरेक प्रयास असफल भयो ।
महिलाका हुनेवाला श्रीमान परिवार, मान्यजनसहित विवाह स्थलमा दुलाही कुरिरहेका थिए । दुलहा परिवार र मान्यजनसहित करिब ३ हजार २ किलोमिटर टाढा रहेको विवाहस्थलमा दुलही पर्खिरहेका थिए ।
यस घटनाले ती जोडीले करिब ५८ लाख नोक्सानी व्योहोरेका छन् ।
सेन्ट लुइस निवासी केटी डेम विवाहको लागि बेलिज देशमा जानुपर्ने थियो । तर त्यस समय साउथेष्ट एयरलाइन्सले फ्लाइट क्यान्सिल ग-यो । साउथेष्ट एयरलाइन्सले महिलालाई त्यसको सट्टामा अर्के फ्लाइटसमेत दिएन । एयरलाइन्स कम्पनीको यो लापरबाहीको कारण महिला आफ्नै विवाहमा पुग्न सकिन्न ।
यो जोडीले ३० डिसेम्बरमा विवाहको योजना बनाएका थिए । २७ डिसेम्बरमा दुलही साथीभाइसहित एयरपोर्ट पुग्दा फ्लाइट क्यान्सिल भएको उनले जानकारी पाएकी थिइन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया