रुकुमकोट हेलिप्याडमा बत्ती जडान
रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । बत्ती जडान गरिएपछि अब रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएको छ ।
यसअघि सिस्ने हेलिप्याडमा बत्ती अभावका कारण दिनमा मात्र हेलिकप्टर अवतरण गरिँदै आएको थियो । आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारको १० लाख लागतमा हेलिप्याड निर्माण गरिएको हो । बत्ती जडान भने सिस्नेले आफ्नै लगानीमा गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।
नेपाली सेनाले निर्माण गरेको उक्त हेलिप्याडमा सेनाकै प्राविधिक सहयोगमा बत्ती जडान गरिएको उनले बताए । गाउँपालिकाले बत्ती जडान गर्न दुई लाख २५ हजार खर्च गरेको छ । बत्ती जडानपछि शनिबार पालिकालाई हेलिप्याड हस्तान्तरण गरिएको निर्माणमा संलग्न नरसिंह दलगणका गणपति प्रमोदकुमार शर्माले जानकारी दिए ।
हेलिप्याडमा बत्ती जडानपछि अब गम्भीर बिरामी, सुत्केरीलगायतलाई रातिको समयमा पनि हेलिकप्टरमा उद्धार गर्न सकिने छ ।
ताजा अपडेट
-
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य
-
काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने, प्राधिकरणले सार्वजनिक गर्यो समयतालिका
-
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
-
कांग्रेस सभापतिमा गगन थापा विजयी
-
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश


प्रतिक्रिया