ऋतिकलाई ‘रिप्लेस’ गर्दै केजिएफ स्टार यशले रावणको भूमिका निभाउने
एजेन्सी । रामायणको कथामा बन्न गइरहेको माइथोलोजिकल फिल्ममा बलिउड अभिनेता ऋतिक रोशनलाई केजिएफ स्टार यशले ‘रिप्लेस’ गरेका छन् ।
फिल्ममा रावणको भूमिकाका लागि सुरूमा ऋतिकलाई प्रस्ताव गरिएको थियो । तर अब उक्त भूमिका यशले निभाउने भएका छन् ।
बलिउड सञ्चारमाध्यमका अनुसार ऋतिक आफैंले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् । कारण, नकारामक भूमिकामा गर्न मन नलाग्नू ।
यसअघि प्रदर्शनमा आएको फिल्म विक्रम वेधामा पनि उनले नेगेटिभ भूमिकामा काम गरेका थिए । उनी फेरि त्यस्तो भूमिकामा काम गर्ने निर्णयमा छैनन् ।
ऋतिकले प्रस्ताव अस्वीकार गरेपछि यशलाई उक्त भूमिकामा काम गर्ने अफर गरिएको हो । उनले सहमति जनाएसँगै अब फिल्मको स्क्रिप्ट पनि उनैलाई बुझाइएको छ ।
ऋतिकसँगै फिल्ममा रणबीर कपूरलाई पनि अफर गरिएको छ । रणबीरलाई भगवान् रामको भूमिका निभाउनका लागि प्रस्ताव गरिएको हो । हालसम्म उनले यसबारे केही पनि निर्णय लिइसकेका छैनन् ।
फिल्ममेकर नितेश तिवारी र मधु मन्टेनाले सन् २०१९ मा रामायणको कथामाथि फिल्म बनाउनेबारे आधिकारिक घोषणा गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया