सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकुको मृत्यु
मोगादिसु । सोमालियामा अल सेबाबका कम्तीमा पनि एक सय ३६ जना लडाका मारिएका छन् ।
अल सेबाबका लडाकाकुविरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ । अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ ।
दक्षिण सोमालियामा गरिएको सो सैन्य कारबाहीमा परेर अरु तीन जना कमाण्डर पनि मारिएका बताइएको छ । शनिबार र आइतबार गरिएका सो कारबाहीमा उनीहरु मारिएका सोमालियाका सूचना मन्त्री अब्दिरमान युशुफ अल अदालाले जानकारी दिएका छन् ।
दक्षिणी सोमालियको जनाला सहरमा विदेशी सुरक्षा फौज र सोमालियाली सेनाले गरेको संयुक्त कारबाहीका क्रममा सो क्षेत्रमा रहेका अल सेबाब आतङ्ककारी मारिएका बताइएको हो । मन्त्री अल अदालतले सो कारबाहीका क्रममा परेर अरु एक सय जना लडाका घाइते भएका पनि जानकारी दिए ।
आइतबार राजधानी मोगादिसुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी दिएका हुन् । मन्त्री अदालतले हिजो मारिएका तीन जना कमाण्डर समय समयमा सोमालियामा ठूला हिंसात्मक हमलाहरुमा सहभागी भएका कैयौँ मानिसको ज्यान लिएका व्यक्तिहरु रहेका जानकारी जानकारी दिए।
उनले सोमालियाले देशबाट आतङ्कवादको अन्त्य गर्ने उद्देश्यका साथ पछिल्लो समयमा अल सेबाबका विरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि बताए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया