अफगानिस्तानमा चिसोले १६८ जनाको मृत्यु

एजेन्सी । चिसो र कठ्याङ्ग्रिदो जाडाेका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ।
खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाेका कारण १६८ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन अधिकारी जाहिदले त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको बताएका छन् । यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक सङ्कट उत्पन्न भएको छ ।
अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् । साथै मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको विज्ञप्तिमा बदख्सान, नुरिस्तान, कुनार, नाङ्गरहार, लघमान, कपिसा, पञ्जशिर, परवान, काबुल, लोगर, पक्तिका, जाबुल, गजनी, मैदान वार लगायतका प्रदेशमा आगामी दिनमा भारी हिमपात हुने जनाइएको छ ।
अफगानिस्तानको तीन करोड ८० लाख जनसङ्ख्याको लगभग ५० प्रतिशत जनतालाई सहायता र यस शीतकालीन समयमा थप सहयोगको खाँचो छ । यसैगरी मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ ।
टोलो समाचारले तापमानमा आएको अचानक गिरावटले समस्याग्रस्त देशमा थप गरिबी तर्फ धकेल्दै खाद्यान्न र इन्धनको अभावबाट पीडित मानिसहरूलाई नराम्ररी असर गरेको छ ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया