मेलम्ची खानेपानीका कर्मचारी ६ महिनादेखि तलबबिहीन
काठमाडाैं । मेलम्ची खानेपानीका कर्मचारी ६ महिनादेखि तलब नपाएपछि रूष्ट देखिएका छन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी खारेज गर्न उल्लेख गरेको छ । तर खारेज गर्ने भनिएपनि प्रकृया अघि बढ्न सकेको छैन ।
खारेज प्रकृया अघि बढाउन प्रधानमन्त्रीसमक्ष कर्मचारीले माग राख्दा पनि समस्या समाधान नभएको त्यहाँको कर्मचारीको गुनासो छ । समिति भैतिक रूपमै सञ्चालन भइरँदा त्यहाँका कर्मचारीले तलब नपाएका हुन् ।
लामो समयसम्म तलब नपाएपछि त्यहाँका कर्मचारीले पानी पठाउन रोक्ने दवाव दिन थालेका छन् । समितिका कार्यकारी निर्देशक कमल राज श्रेष्ठका अनुसार ६ महिनामा कर्मचारीले पाउन बाँकी तलब २ करोडभन्दा बढी नाघिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया