क्यान बैठक बस्दै, सन्दीप, टी–२० लिगलगायत १७ एजेण्डा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार बस्ने भएको छ । ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि पोखरामा क्यान बैठक बस्न लागेको हो ।
क्यानले बैठकपूर्व नै त्यसका १७ एजेण्डा सार्वजनिक गरेको छ । जसको मूल एजेण्डाका रूपमा सन्दीप लामिछानेको निलम्बन फुकुवा पनि छ । लामिछानेमाथि एक किशोरीले जबरजस्ती करणीको उजुरी दिएपछि क्यानले अनुसन्धानमा सघाउने निर्णय गर्दै निलम्बन गरेको थियो । पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेलाई अदालतले सर्तसहित रिहा गरेपछि क्यानले पुनः राष्ट्रिय टिममा फर्काउने तयारी गरेको हो । तर मुद्दा अन्तिम किनारा नलाग्दै फुकुवाको तयारी गरिएको भन्दै क्यानको आलोचना भइरहेको छ ।
टी–२० लिग प्रतियोगिता, वार्षिक साधारणसभा, कार्यसम्पादन समिति विस्तारलगायत विषयमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।
त्यस्तै, राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार अवधि थप, राष्ट्रिय टिम कप्तान र उपकप्तान मनोनयन, खाता सञ्चालन पनि बैठकका एजेण्डा छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया