न्युकासल २४ वर्षपछि घरेलु कपको फाइनलमा
काठमाडौं । न्युकासल युनाइटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ । २४ वर्षपछि पहिलो पटक न्युकासलले घरेलु कप फुटबलको फाइनलमा यात्रा तय गरेको हो ।
मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा साउथह्याम्पटनलाई २–१ ले हराउँदै न्युकासल फाइनलमा पुगेको हो । उसले साउथह्याम्पटनमाथि समग्रमा ३–१ को जित निकाल्यो ।
सिन लङस्टाफले खेलको पाँचौं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएकोमा २१ औं मिनेटमा लङस्टाफले अर्को गोल गरेर अग्रता दोब्बर बनाए ।
साउथह्याम्पटनका चे एडम्सले २९ औं मिनेटमा एक गोल गरे । तर थप गोल गर्न नसकेपछि न्युकासलको पोल्टामा जित पर्यो ।
यसैबीच, ८२ औं मिनेटमा न्युकासल १० खेलाडीमा सीमित हुन पुगेको थियो । ब्रुनो गुइमारेसले रातो कार्ड पाएपछि न्युकासल १० औं खेलाडीमा समेटिएके हो ।
योसँगै न्युकासल सन् १९९९ पछि पहिलो पटक घरेलु कप फुटबलको फाइनलमा पुग्न सफल भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया