न्युकासल २४ वर्षपछि घरेलु कपको फाइनलमा

काठमाडौं । न्युकासल युनाइटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ । २४ वर्षपछि पहिलो पटक न्युकासलले घरेलु कप फुटबलको फाइनलमा यात्रा तय गरेको हो ।
मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा साउथह्याम्पटनलाई २–१ ले हराउँदै न्युकासल फाइनलमा पुगेको हो । उसले साउथह्याम्पटनमाथि समग्रमा ३–१ को जित निकाल्यो ।
सिन लङस्टाफले खेलको पाँचौं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएकोमा २१ औं मिनेटमा लङस्टाफले अर्को गोल गरेर अग्रता दोब्बर बनाए ।
साउथह्याम्पटनका चे एडम्सले २९ औं मिनेटमा एक गोल गरे । तर थप गोल गर्न नसकेपछि न्युकासलको पोल्टामा जित पर्यो ।
यसैबीच, ८२ औं मिनेटमा न्युकासल १० खेलाडीमा सीमित हुन पुगेको थियो । ब्रुनो गुइमारेसले रातो कार्ड पाएपछि न्युकासल १० औं खेलाडीमा समेटिएके हो ।
योसँगै न्युकासल सन् १९९९ पछि पहिलो पटक घरेलु कप फुटबलको फाइनलमा पुग्न सफल भएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया