प्रधानमन्त्रीलाई भेट्न ओली पुगे बालुवाटार, गृह रास्वपालाई दिन दबाब
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।
शीर्ष नेताबीच भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता साझेदार दलहरूबीच सरकार गठन भएको सहमति कार्यान्वयन सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिएको छ ।
गृहमन्त्रालयको विषयलाई लिएर प्रधानमन्त्री र रास्वपाबीच असमझदारी बढेको छ । सर्वोच्चको फैसलापछि रवि लामिछानेले गृहमन्त्री गुमाएका थिए । गृहमा पुनः उनले दाबी गर्दै प्रधानमन्त्री र ओलीलाई भेटर दबाब दिँदै आएका छन् । तर अहिलेकै अवस्थामा गृहमन्त्रालय रास्वपालाई दिन प्रधानमन्त्रीले आनाकानी गर्दै आएका छन् ।
रास्वपाले पनि आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । यही असमझदारीबीच प्रधानमन्त्री भेट्न ओली बालुवाटार गएका हुन् ।
एमालेले पनि गृहमन्त्रालय रास्वपालाई नै दिन दबाब दिइरहेको प्रधानमन्त्रीका एक सदस्यले बताएका छन् । रविको बर्खास्तिपछि ओली र प्रचण्डको यो दोस्रो भेट हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया