भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल ८ रुपैयाँ एक पैसा र डिजल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।
त्यस्तै मट्टितेल ४ रूपैयाँ ६१ पैसा र हवाइ इन्धन ७ रूपैयाँ ८० पैसा बढेर पठाएको छ ।
यसपटक मूल्य बढेर आएको हुँदा निगमले इन्धनको मूल्य बढाउने सम्भावना धेरै छ । किनकि निगमले अहिले पनि घाटा व्योहोर्दै आएको बताउँदै आएका छन् । मूल्य घट्ने या बढ्नेबारेमा भने निमगले केही बोलेको छैन ।
निगमका अुनसार मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा निगमलाइ ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया