मान्छे कुटेर ट्याक्टरमा आगो लगाउने कैलालीका सांसद चौधरीलाई तत्काल पक्राउ गर्न माग
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई तत्काल पक्राउ गर्न पत्राचार भएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई पक्राउ गर्न गृह मन्त्रालयमा पत्राचार भएको हो ।
उनलाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते आगो लगायो मुद्दामा दोषी ठहर गरेको थियो ।
उक्त घटनामा दोषी ठहर गर्दै चौधरीलाई अदालतले ६ महिनाको कैद सजायसहित आठ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
यो दुवै सजाय भुक्तानी नगरी प्रतिनिधिसभा सांसद निर्वाचित उनलाई तत्काल पक्राउ गर्न गृहमा पत्राचार भएको हो ।
उनलाई तत्काल पक्राउ गरी यसको जानकारी प्रतिनिधिसभा संसद सचिवालयलाई पनि उपलब्ध गराई प्रहरी महानिरिक्षकलाई निर्देशन दिन गृह सचिवलाई आग्रह गरिएको छ ।
सांसद चौधरीले ढुंगा लिन चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लोड गरी लम्कीतर्फ आउँदै गरेका चालक साजन चौधरीलाई ८/१० जनासहित कुटपिट गरी ट्याक्टरमा आगो लगाइ आठ लाख ७५ हजार रूपैयाँको क्षति पुर्याएको भन्दै मुद्दा परेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया