सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग
एजेन्सी । सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।
मङ्गलबार सो आयोगले विभिन्न ४१ वटा सङ्घसस्था तथा देशहरुलाई सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो । हाल सुडानमा कम्तीमा पनि नौ लाख शरणार्थी रहेका र उनीहरुका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको बताइएको छ ।
उक्त आयुक्तको कार्यालयले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो । सुडान अफ्रिकी देशमा शरणार्थीहरुलाई शरण दिइरहेको दोस्रो ठूलो मुलुक हो । त्यहाँ अहिले पनि नौ लाख भन्दा बढी शरणार्थी रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया