देउवा निवासमा कांग्रेस बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो ।
देउवा निवास धुम्बाराहीमा चलिरहेको बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्रीलगायत सहभागी छन् ।
कांग्रेसका एक नेताले बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारबारे छलफल हुन लागेको जानकारी दिए । राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो ।
ताजा अपडेट
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी


प्रतिक्रिया