दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अंकले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।
आजको कारोबारपछि ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अंकले ओरालो लागेर तीन सय ९८ दशमलव ३७ मा सीमित भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये १९ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ९४ कम्पनीको शेयर मूल्य घटेको छ । साथै तीन वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आजको कारोबारमा कूल ५८ लाख ०८ हजार नौ सय तीन कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख १९ हजार एक सय ६१ मूल्यमा कारोबार भएका छन् । कारोबारपछि बजार पुँजीकरण ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख ८६ हजार ३१ पुगेको छ ।
नेप्सेका अनुसार कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक शीर्ष स्थानमा छ । कम्पनीको रू १० करोड १३ लाख ९१ हजार दुई सय ५२ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंकको पाँच करोड ५० लाख ४० हजार एक सय ८३, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चार करोड ९० लाख ९९ हजार सात सय ५१, अपि पावर कम्पनीको चार करोड ८४ लाख पाँच हजार तीन सय ९६ र चिलिमे जलविद्युत् कम्पनीको चार करोड ५८ लाख ३६ हजार पाँच सय पाँचमा शेयर कारोबार भइ शीर्ष पाँचमा परेका छन् ।
नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सानिमा इक्विटी फण्ड तीन दशमलव १७, मल्टिपर्पोज फाइनान्स कम्पनी दुई दशमलव ९६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक दुई दशमलव ४४ र नविल ब्यालेन्स फण्ड तेस्रोको दुई दशमलव २० प्रतिशतले मूल्य बढेको ।
त्यस्तै, सर्पोट माइक्रोफाइनान्स पाँच दशमलव ८०, सिद्धार्थ इन्स्योरन्स पाँच दशमलव २९, रिडी पावर कम्पनी पाँच १३, आइएमई जनरल इन्स्योरेन्स चार दशमलव ५५ र नाडेप लघुवित्तको शेयर मूल्य चार दशमलव ५३ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया