शतप्रतिशत जित निकाल्ने लक्ष्यमा रोनाल्डोको युनाइटेड
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डोको टोली म्यानचेस्टर युनाइटेडले आज राति एट्लेटिको म्याड्रिडको सामना गर्दैछ ।
अन्तिम १६ को पहिलो लेगमा इंग्लिस महारथी युनाइटेड र स्पेनिस क्लब एट्लेटिकोबीचको खेल १–१ को बराबरीमा रोकिएको थियो ।
यसर्थ, आज दुवै टोली शतप्रतिशत जितको खोजीमा हुनेछन् ।
यदि आजको खेल पनि निर्धारित र अतिरिक्त समयमा पनि बराबरीमा सकिएमा खेल पेनाल्टी सुटआउटमा जानेछ ।
यसर्थ, रोनाल्डोको साथ पाएको युनाइटेड घरेलु मैदानमा जित निकाल्दै क्वार्टरफाइनलमा जाने लक्ष्यमा हुनेछ ।
यता, रक्षात्मक शैलीको फुटबल खेल्ने टोली पनि रोनाल्डोसहित युनाइटेडका खेलाडीलाई रोक्दै क्वार्टफाइनलको ढोका खोल्न चाहन्छ ।
यस्तै अर्को खेलमा डच क्लब आयाक्सले पोर्चुगिज क्लब बेन्फिकाको सामना गर्दैछ । यी दुईबीचको पहिलो लेग पनि २–२ गोलको बराबरीमा सकिएको थियो ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख पुगिसकेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया