भीषण शीतलहरले अमेरिकामा ११ को मृत्यु, क्यानडाको जनजीवन पनि प्रभावित
काठमाडौं (एजेन्सी) । अमेरिका र क्यानडाका करिब १० करोड मानिस कडा चिसोको सामना गरिरहेका छन्।
देशको मौसम विभागले धेरै चिसो हावा चल्ने अनुमान गर्दै शीतलहरको समस्या आउन सक्ने चेतावनी दिएको छ ।
मौसम विभागले क्यानडाको मनिटोबा प्रान्तबाट अमेरिकाको मेन प्रान्तका बासिन्दाहरूलाई शुक्रबार र शनिबार अत्यावश्यक कामबाहेकमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ।
अमेरिकामा खराब मौसमका कारण पछिल्लो पाँच दिनमा ११ जनाको मृत्यु भएको छ । टेक्सासमा आठ, ओक्लाहोमामा दुई र अर्कान्सासमा एक जनाको मृत्यु भएको हो ।
तापक्रम घट्नुमा आर्कटिक क्षेत्रबाट आउने चिसो हावा जिम्मेवार रहेको बताइएको छ ।
अमेरिकाका धेरै राज्यहरूले शुक्रबार दिउँसोसम्म कैयन रेकर्ड तोड्ने अपेक्षा गरिएको छ, जहाँ कुल ८.२ लाख मानिसहरूले माइनस १७ डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रमको सामना गर्नुपर्ने हुन सक्छ।
मेन प्रान्तका केही भागहरूमा १९७१ पछि सबैभन्दा कम तापक्रम रेकर्ड गर्ने अपेक्षा गरिएको छ। पोर्टल्याण्ड सहरमा तापक्रम माइनस ४०.५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया