रवि लामिछानेको धम्कीपूर्ण स्टाटस : पत्रकार सम्मेलनमा सिधा कुरा चलाउने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस राख्दै विशेष पत्रकार सम्मेलनमा सिधा कुरा चलाउने बताएका छन् ।
आइतबार विहान पार्टीको बैठक बस्नुपूर्व लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै दिउँसाेकाे पत्रकार सम्मेलन विश्वभरबाट हेर्न र सुन्न आग्रहसमेत गरेका छन् ।
उनले सरकारमा सहभागिताबारे बैठकले ठोस निर्णय गर्ने जानकारी दिएका छन् ।
यस्तो छ उनको स्टाटस :
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया