मिडिया सञ्चालकलाई रविको चुनौति–चितवन २ मा चुनाव लड्न आउनुस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत नेपालका मिडिया सञ्चालकलाई चुनाव चितवन २ मा चुनाव लड्न आउन चुनौती दिएका छन् ।
एकै मान्छेकाविरूद्ध लगातार समाचार आएको भन्दै उनले नेपाली मिडियालाई रिजाएरमात्रै शक्ति आर्जन गर्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले कान्तिपुर मिडियाका प्रकाशक कैलाश सिरोहिया, अन्नपूर्ण मिडियाका रामेश्वर थापालगायतको नाम लिँदै देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन् ।
‘देश चलाउने हो भने चुनाव लड्न आउनूस्। चितवन २ मा मसँग चुनाव लड्न आउनूस्। कैलास सिहोरिया, रामेश्वर थापा, अमित ढकाल, शिव गाउँले आउने होकि को–को आउने हो आउनूस्,’ उनले भने, ‘देश तपाईंले चलाउने होइन आफ्नो मिडिया चलाउने हो। इथिक्स तपाईहरुलाई पनि लाग्छ मलाई मात्रै लाग्दैन। अदालतलाई प्रभावित पार्न तपाईंले निरन्तर चार पटक पाँच पटक समाचार लेख्नु भएको छ,’ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया